07 May 2008

हेटौंडाको ऐतिहासीक परिचय

1 Comments/ प्रतिक्रिया
हेटौंडा बजार
lनेपाल अधिराज्यको एकीकरण पूर्व मुकुन्दपुर राज्यको रुपमा प्रसिद्ध हालको मकवानपुर जिल्ला तथा यस आपसका क्षेत्रमा सेनवंशका मुकुन्दसेन राजाले लामो समयसम्म राज्य गरेका थिए । मुकुन्दपुर नामबाट अप‍भसं हुँदै पछि मकवानपुर रहन गएको यस जिल्ला राष्ट्र निर्माताको ससुराली राज्यको रुपमा पनि ऐतिहासिक नाता रहेको थियो । यँहा रहेका चिसापानीगढी र मकवानपुरगढी लगायतका धरोहरहरुले तत्कालीन बस्तुस्थीतिको अकाट्य प्रमाणको रुपमा ऑफ्नो अदितिय पहिचान दिन सफल रहेका छन् ।
यस नगरको ऐतिहासिक तथ्यलाइ हेर्दा हालको पिपलबोट भन्ने स्थानमा रहेको दुइ चार घरको बस्ती पछी सानोपोखरा लगायत अन्य क्षेत्रमा बढ्दै जाँदा बि‌‌.स २०१८ सालमा हेटौंडा गाँउ पञ्चायतको रुपमा बिकास भएको थियो । बढ्दो बिकासको गती सँगै बि.स २०२६ सालमा नगर पञ्चायतको रुपमा काँचुली फेर्न सफल यस नगर बि.स २०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापना पछि हेटौंडा नगरपालिकामा परिणत भयो । घना जंगलले ढाकेको यस क्षेत्रमा बि.स २०११ सालमा यस जिल्लाको धोर्सिङमा गएको भिषण बाढी पहिरोबाट बिस्थापित मानिसहरुको आगमनले यस नगरको बस्ती बिकासमा ठूलो पभाव पर्न गएको ऐतिहासिक तथ्य रहेको देखिन्छ । किवंदन्ती अनुसार यस नगरको नामाकरणको प्रसंग महाभारतकालका एक पात्र राक्षस हेडम्बा तथा वनवास पसेका पाँच पाण्डवसँग जोडिएको जनश्रुती पाइन्छ । हेडम्बा भन्ने राक्षसको नामबाट नै यस ठाँउको नाम हाल हेटौंडा रहन गएको पाइन्छ । राणाकाल भन्दा अघी देखी नै नेपालको राजधानी काठमाडौंलाइ जोड्ने मार्गको रुपमा रहेको हेटौंडा नगरको बिकासमा बि‌.स २०१४/१५ सालमा निर्माण त्रिभुवन राजपथले थप योगदान पुर्याएको देखिन्छ । साविकको सदरमुकाम भिमफेदीबाट बि.स २०३९ सालमा जिल्लाको सदरमुकाम यँहा सारीए पछी यसको बिकासले थप गती पाउन सफल भयो । यस क्षेत्रको जनघनत्व बढ्न र बिकास हुनमा हेटौंडा औधोगिक क्षेत्रको स्थापना हुनु, बि स २०४२ सालमा हेटौंडा सिमेण्ट कारखानाको स्थापना हुनु, बि स २०३५ सालमा नगर बिकास समिति गठन हुनु, आवास कार्यक्रमहरु शुरु हुनु, पूर्व पश्चीम जोड्ने महेन्द्र राजमार्गले समेट्नुले ठूलो टेवा पुर्याएको छ ।
सहिद स्मारक

अवस्थिति
हेटौंडा नगरपालिका देशको प्रमुख दुइ राजमार्ग र त्रिभुवन राजपथको संगम बिन्दुमा अवस्थीति छ । यसको पूर्वमा हटिया, पश्चिममा बसमामाडी, उत्तरमा भैंसे र दक्षिणमा चुरियामाइ र पदमपोखरी गाँउ बिकास समितिहरु रहेका छन् । समुन्द्र सतह भन्दा ३०० देखि ३९० मिटर उचाइमा महाभारत र चुरे पर्वतश्रृंखलाको बिचमा रहेको यो नगरको कुल क्षेत्रफल ४४.५४ वर्ग कि.मि रहेको छ । कुल क्षेत्रफल मध्ये करीव १३% भुभाग वन क्षेत्रले ओगटेको छ । यो नगर नेपालकै तेश्रो ठूलो औधोगिक शहरको रुपमा पनि चिनिएको छ ।

1 Comments/ प्रतिक्रिया:

Post a Comment

सुझाव तथा टिप्पणी लेख्नुहोस

 
यो साइट अहिले सम्म Free Counter पटक हेरिएको छ ।