07 May 2008

मकवानपुर जिल्लाको परिचय

पृष्ठभूमि
देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ ।
उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत -सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ ।
यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी -बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरुले यस जिल्लाको सौर्न्दर्य अझ बढाएको छ ।

ऐतिहासिक पक्ष
यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पाँच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उनैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ ।

यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका र्राई -दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउ“दा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।



भौगोलिक अवस्थिति
मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१' देखि ८५० ३१' पूर्वी देशान्तरसम्म र २७० १०' देखि २७० ४०' उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ ।
नौ जिल्लाहरुसंग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फचितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् ।
क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ बर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो ।

राजनैतिक विभाजन
मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई ४ निर्वाचन क्षेत्र, ४३ गाँउ विकास समिति र १ नगरपालिकामा विभाजन गरिएको छ ।


जनसांख्यिक स्थिति
२०५८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या ३,९२,६०४ रहेको छ जसमध्ये महिलाहरु ४९.२८ प्रतिशत छन् । २०६४ सालको प्रक्षेपित तथ्याङ्क अनुसार यस जिल्लाको जनसंख्या ४,३८,१०१ अनुमान गरिएको छ । यस जिल्लाको औसत बाषिर्क जनसंख्या बृद्धिदर २.२२ प्रतिशत रहेको छ जुन ४८ सालको जनसंख्या वृद्धिको तुलनामा ०.३४ प्रतिशतले घटेकोछ । एक परिवारमा सरदर ५.५२ जना सदस्यहरु रहने गरेको तथ्याङ्कले देखाउछ ।
जनसंख्याको दृष्टिकोणले सबैभन्दा बढी जनसंख्या भएको गाविस छतिवन हो । यस गाविसको जनसंख्या २१,५२३ छ भने सबैभन्दा कम जनसंख्या भएको गाविस कोगटे हो जसमा १,४२९ जना छन् । हेटौंडा नगरपालिकाको जनसंख्या ६८,४८२ रहेको छ । नेपालको कूल जनसंख्याको १.७५ जनसाख्यिक योगदान यस जिल्लाको रहेको छ ।

प्राकृतिक स्वरुप
यो जिल्ला मध्य पहाडी जिल्ला हो । यहा“को ७५५ भू-भाग पहाडले ढाकेको छ । शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग -दामन गाविसको सिमभञ्ज्याङ्ग) देखि दक्षिणतर्फसमुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग -र्राईगाउ गाविसको हात्तीढुङ्गा) यहा“ पाइन्छ ।
मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ । यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रुपमा पनि चिन्न सकिन्छ । छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको श्रृंखला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाईमा ९० जाति -जेनेरा)को सुनगाभा -अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ ।

हावापानी
जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ । यहां मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फचुरे श्रृंखलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फसमशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाईन्छ ।
यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर बर्षा हुन्छ । यो अंक नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अंक हो । जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ ।

नदी नाला/ताल
यस जिल्लालाई जलाधारको रुपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ । चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन् । यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ । जिल्लाको पूर्वी सीमा नदीको रुपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरु हुन् । यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रुपमा रहेको छ । यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ ।
स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरुमा बर्षातको समयमा बाढीको रुपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ ।


भू-उपयोग
यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमिन ६१४८९ हे. -२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. -२.०३%), खोलानाला तथा बगर १६७१० हे. -६.८३%), वन क्षेत्र १४४५५८ हे.
-५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. -०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. -६.१९%) छ । जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ ।

मुख्य पर्वत श्रृंखला
चन्द्रागिरी :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म
महाभारत : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म
चुरे : र्राईगाउ गाविसदेखि मनहरी गाविससम्म

पेशा
मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाँका मानिसहरुको मुख्य पेशा कृषि नै हो । यहाँको कूल जनसंख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन् । आर्थिक रुपले सक्रिय जनसंख्याको ५३.६% कृषिमा र ४६.९४% जनसंख्या गैर कृषि पेशामा संलग्न छन् ।

जाति
मकवानपुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरुको एउटा फूलबारी हो । यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो । यहाँ ४७.३% तामाङ्ग छन् । ७०% भन्दा बढी जनजातिहरुको बसोबास रहेको छ । तामाङ्ग जाति पछि दोश्रो स्थानमा ब्राम्हण -१४.९%), तेश्रोमा क्षेत्री -१०.६%), चौथोमा नेवार -६.८%), पा“चौमा मगर -५.०१%) र छैठौंमा चेपाङ्ग -३.८%) आदि विभिन्न जातजाति प्रमुख रुपमा रहेको छन् । दलित जातिहरु करिव ७% छन् । जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ ।

धर्म
यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन् । तामाङ जातिको वाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरु बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरु न्यून रहेको पाइन्छ । यस जिल्लामा हिन्दूधर्मावलम्वीहरु ४९.३६% छन् भने बौद्ध धर्म मान्नेहरु ४७.६३% छन् । क्रिश्चियन र इश्लाम धर्मावलम्वीहरु क्रमशः २.०७ र ०.३२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ ।

धार्मिक स्थल
मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरु उल्लेख्य रुपमा छन् । हेटौंडा नगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरु छन् ।

प्रमुख बजार केन्द्रहरु
समाज र जनसंख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरुमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरु र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरु खरिद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरुमा बजार केन्द्रहरु स्थापना र विकास हुंदै गएको पाइन्छ । यसरी स्थापना र विकास भएका बजारहरु हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौघडा, पालुङ्ग -ओखरेबजार), हुन् । त्यसैगरी भैंसे, दामन -शिखरकोट), हटिया -चिसापानी), बसामाडी -बस्तीपुर), बज्रबाराही -सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसहरु हुन् ।

स्वास्थ्य
यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ । हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी १ र उपस्वास्थ्य चौकी ३१ रहेको छ । आयुर्वेदिक औषधालय दुइवटा छन् । यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाइन्छ । कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ ।

शिक्षा
२०४८ सालको तथ्याङ्क अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ३८.४% रहेकोमा २०५८ सालको जनगणना अनुसार यो दर बढेर ६३.४% पुगेको छ । महिला साक्षरता प्रतिशत ५३.९% छन् भने पुरुष साक्षरता ७२.६% रहेको छ । यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी -६१.२८%) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता -१४.७६%) हो ।

कृषि तथा पशु
कृषि पेशामा ८२.७% जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ । कृषि भूमिको ३७.२८% मा बर्षरि र मौसमी सिंचाई सुविधा पुगेको छ । भूबनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रुपमा वर्गीकरण गर्न सकिन्छ । महाभारत पर्वत श्रृंखलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फा“टसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउंदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ । त्यसैगरी चुरर्ेपर्वत र महाभारत पर्वत श्रृंखला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ ।
यस जिल्लामा उन्नत जातका गाई, भैंसी र बाख्रा पालन व्यवसाय क्रमिक रुपले बढ्दै गएको पाइन्छ भने वंगुर, भेडा र कुखुरा पालन कार्य भने क्रमशः घटेको देखिन्छ । पशुजन्य उत्पादनमध्ये दुध वाषिर्क १३४१.३ मे.टन, मासु २९५.१ मे. टन र अण्डा ४१०७५९.१ गोटाले बढ्दो छ भने माछा उत्पादनमा खासै बढोत्तरी देखिन्न । पशुजन्य उत्पादन र जनसंख्याको तुलना गर्दा एक बर्षा एकजनाको भागमा दुध १२३.९७ लिटर, मासु १९.०९ किलो, अण्टा १४.२६ गोटा र माछा ७७.६८ ग्राम पर्न आउ“छ ।
जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र ७ वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ६ वटा सेवाकेन्द्र र १० वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याइरहेका छन् ।

राष्ट्रिय राजमार्ग

त्रिभुवन राजपथ -चुरे-सोप्याङ खण्ड) ११० कि.मि.
महेन्द्र राजमार्ग -चुरे-लोथर खण्ड) ४७ कि.मि.




जिल्ला सडक अवस्थाक) हेटौंडा-भीमफेदी २३ कि.मि.
ख) हटिया-र्राईगाउ ६५ कि.मि.
ग) कुन्छाल-कुलेखानी १८ कि.मि.
घ) भीमफेदी-कुलेखानी-फाखेल-काठमाण्डौं ५३ कि.मि.
ङ) चुनिया-नामटार २० कि.मि. -८ कि.मि. मोटर चल्ने)
च) दामन-डांडावास १० कि.मि.
छ) सामरी-आमभञ्ज्याङ्ग ६ कि.मि.
ज) कान्तिराजपथ -हेटौंडा-ठिंगन) ४२ कि.मि. -३० कि.मि. मोटर चल्ने)
झ) पशुपतिनगर-मकरी भुन्द्रुङ्ग टा“डी-सान्नानीटार १८ कि.मि. -१० कि.मि. मोटर चल्ने)
ञ) कुलेखानी-सिस्नेरी-छैमले ३० कि.मि.
ट) चुच्चेखोला-फुर्केचौर १३ कि.मि.
ठ) पिप्ले-कुर्ले १२ कि.मि. -६ कि.मि. मोटर चल्ने)
ड) टौखेल-चित्लाङ्ग-चन्द्रागिरी १५ कि.मि.
ढ) घट्टेदोभान-चखेल-देउराली-मातातिर्थ १० कि.मि. -५ कि.मि. मोटर चल्ने)


नगर सडक
कालोपत्रे सडक ५६.६२ किमि -राजमार्ग सहित)
ग्राभेल सडक ४८.४५ किमि
कच्ची सडक ७० किमि
गोरेटो बाटो २९ किमि
कंक्रिट सडक १२.५५ किमि
सडक पुगेको नपा/गाविस संख्या - ३४ वटा
सडक नपुगेको गाविस संख्या - १० वटा


रोप-वे
हेटौंडा - टेकु - ४२ कि.मि. -हाल बन्द)


विद्युत् उत्पादन

कुलेखानी प्रथम ६०,००० कि.वा.
कुलेखानी दोश्रो ३२,००० कि.वा.
कुलेखानी तेश्रो १५,००० कि.वा. -निर्माणाधिन)
पूर्ण विद्युतीकरण भएको गाविस/नपा संख्या ३४.१० प्रतिशत, १५ गाविस)
आंशिक विद्युतीकरण भएको गाविस संख्या ३४.१० प्रतिशत, १५ गाविस)
विद्युतीकरण हुन बा“की गाविस संख्या ३१.८० प्रतिशत, १४ गाविस)


सञ्चार

-क) दूरसञ्चार

मोवाईल हेनपा र २२ गाविस -प्रिपेड ९५००, पोस्टपेड ६५०)
सिडिएमए ३७ गाविस/नपा -प्रिपेड ९८६, पोस्टपेड १०७६)
टेलिफोन सुविधा उपलब्ध गाविस/नपा संख्या ४०
टेलिफोन सुविधा उपलब्ध नभएको गाविस संख्या ४ -ठिंगन, बेतिनी, मंथलि, इपा)


-ख) हुलाक
जिल्ला हुलाक १ वटा
इलाका हुलाक ११ वटा
अतिरिक्त हुलाक ३४ वटा
काउण्टर हुलाक १ वटा
 
यो साइट अहिले सम्म Free Counter पटक हेरिएको छ ।