28 November, 2008

सावधान है डेटिङ जानेहरु

जवानीको काउकुतीले सम्हाल्हीन नसक्ने भएपछी क्षणभरमै बहकिन बेर नलाग्ने भरखर कलकलाउँदो उमेरका किशोरकिशोरीहरु कलेज जाने बहाना पार्दै केटाकेटी मिलेर डेटिङ जाने बिकृति अहिले काठमाडौं बाहीर पनि बढ्दो छ । हाम्रै हेटौंडाको शहिद स्मारक, पुष्पलाल पार्क, बनस्खण्डी मन्दिर जस्ता पर्यटकीय स्थानहरु अचेल प्रेमलिलामा रम्नेहरुको लागी अखडा बनेको छ ।
यस्तो बिकृतिलाई बेलैमा रोकथाम गर्न हेटौडा नगरपालिका वाड नं २ स्थित बनस्खण्डी मन्दिर ब्यवस्थापन समितिले एउटा सह्रायिन कार्यको थालनी गरेको छ । सो समितिले डिजिटल क्यामेरा किनेर कलेज आउने बहानामा मन्दिर परिसर वा वरपर आपत्तिजनक अवस्थामा डेटिङमा भेटिएका जोडीको तुरुन्त फोटो खिचेर आ-आफ़्ना अभिभावकलाई बुझाईदिने अभियान शुरु गरेको छ ।बिशेष गिर मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा स्कुल अफ म्यानेझमेन्टमा पढ्ने बिधार्थीहरु कलेज नगइ डेटिङमा जाने गरेका छन् । मकवानपुर कलेजबाट करिब २५० मिटरको दुरीमा रहेको उक्त स्थानमा कलेजबाट गएका बिधार्थीहरु यसरी रुमल्लिदा सम्म पनि मकवानपुर कलेज प्रशासन केही थाहा नपाएको जस्तो गरि अनबिज्ञता प्रकट गरिरहेको छ ।


वनस्खण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केन्द्रगोविन्द जोशीले पढ्ने समयमा विद्यार्थीहरू गलत बाटोतिर हिँडेकाले यस्तो गर्नुपरेको बताउनुभयो । धार्मिक स्थल र मन्दिर स्कुल तथा कलेजका युवायुवतीहरूको डेटिङ जाने थलो बनेपछि विकृति फैलन सक्ने सम्भावना बढेकाले यो अभियान थालिएको अध्यक्ष जोशीको भनाइ छ ।अभियान थालेपछि मन्दिरपरिसरमा डेटिङमा आउने विद्यार्थीहरूको संख्यामा कमी आएको उहाँको बुझाइ छ। देशलाई पर्यटकीय र धार्मिक स्थल बनाऔं भन्ने धारणा बनिरहेको समयमा यस्तो कार्य बढ्नु राम्रो नभएको उहाँ बताउनुहुन्छ । यस्तो कार्यले मन्दिरको बदनाम हुने र विद्यार्थीको भविष्य पनि अन्धकारमा धकेलिने हुँदा सजगता अपनाउन अभियान थालिएको तर्कसमेत उहाँको छ ।

1 comment:

  1. दामी आइडिया रहेछ

    ReplyDelete

सुझाव तथा टिप्पणी लेख्नुहोस

कालो कात्रो र नागरिक सर्वोच्चता

१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...