23 November, 2010

सभासद् सँगको यात्रा

कुरा हो मिति २०६७ कार्तिक १७ गतेको म काठमाडौबाट हेटौंडा घर फर्कन लागि बल्खुमा रहेको टाटासुमोको काउण्टरमा पुगे । यात्रुहरुको भिड देख्दा आज घर जान नपाइने भइयो भन्ने लाग्यो । म छटपटिदै थिए म नारायणी यातायातको काउण्टरमा पुगे । संयोगवश मैले त्यसै बेला मकवानपुर क्षेत्र नं ३ का माननिय सभासद् प्रल्हाद लामिछानेलाई देखे अनी अभिवादन गरें । उहा पनी घर हेटौंडा जान लाग्नु भएको रहेछ । उहाले पनी आज घर जान लागेको टिकट पाउन नै समस्या भयो भन्नु भयो । गाडी आउदैछ भन्ने कुरा काउण्टरमा बस्ने व्यक्तिबाट आएकोले मलाई केही आश पलायो । काउण्टरमा यात्रुहरुको राम्रै भिड थियो उनीहरु हल्ला खल्ला गर्दै थिए र भन्दै पनि थिए ।।।। कोही भन्दै थिए हामी त दशैमा ७०० तिरेर गएको कोही हामी त १००० तिरेर गएको भन्ने जस्ता कुरा आइरहेका थिए यात्रुहरुबाट ।

त्यसैबेला काउण्टरमा बस्ने व्यक्तिले बोले तपाइहरु को को जाने हो तयार हुनु गाडी आउदैछ अरु काउण्टरले ५०० लेको छ तपाइहरुलाई ४०० पर्छ त्यहा भन्दा कम हुदैन् उसले सँगसँगै ४००, ४०० भनिरह्यो र अरुको मुखबाट सुनेको थिए टाटासुमोले चाडपर्वको बेला ठग्छ भनेर तर आज प्रत्यक्ष देख्न र सुन्न पाइयो । अनी मलाई बिश्वास भयो हो रहेछ । मलाई केही पुरापुर आश थियो जनताका सभासद् पनी संगै पो छन् गाँठे यसले के भनेको होला आज हाम्रा सभासद्ले यसको झ्याँको झार्ने भए बिचरा किन बोल्नु परेको होला ।
नचिनेको हो भने उसले पनि प्रल्हाद दाइ नमस्ते भनेकॊ मैले प्रत्यक्ष देखेको थिए । तै पनि प्रल्हाद दाईले आज केही त गर्छन भन्ने लागेको थियो । मैले प्रल्हाद दाई लाइ सोधे के हो दाइ यस्तो पारा हामीले आवाज उठाउनु पर्ने होइन् प्रल्हाद दाईले भन्नु भयो कहा भाई म त दशैंमा ५०० तिरेर गएको अहिले त ४०० मा लगिरहेको छ चुप लागेर जानु पर्छ भाई नत्र जान पाइदैन् । म खंगरङ्ग भए मेरो बोली बन्द भयो । अनी चुप लागेर त्वम् शरणम् भनेर ४०० तिर्ने निर्णय गरेर ना.१.ज १७७५ गाडीको सिटमा बसे । त्यतीकैमा नारायणी यातायात व्यवसायी संघका कार्यसमितिका सदस्य ठाकुर सुवेदी पनी आउनु भयो हेटौंडा जानको लागि । सिटमा सँगै बसियो के हो दाइ यो अति नै भयो नी सभासद् चढ्नु भएको छ तपाइ हुनुहुन्छ हामी यात्रु त ठगियौ नी । उहाको जवाफ पनि सटिक थियो चाडवाड हो भाई । म नतमस्तक भए।।।।
यात्राको क्रममा मेरो मनमा धेरै कुरा खेल्यो अघिल्लो दिन काठमाडौं गएको थिए । अमेरिका जाने डिभि चिट्ठा भर्ने अन्तिम समय भएर होला साइबर क्याफेहरुमा मानिसहरुको राम्रै भिड थियो । हेटौंडामा त डिभी भरेर अमेरिका जाने सपना बोकेका युवा युवतीहरुको भिड बढिरहेको बेला काठमाडौमा नहुने त कुरा नै भएन् । सपना पनि किन नदेख्नु । सभासद्का अगाडी दिन डहाडै यात्रु ठगिन्छन् । नागरिकको सुरक्षा कही छैन् । अकालमा मान्छे मर्ने क्रम जारी छ । शिक्षित बेरोजगारको संख्या दिनानुदिन बढिरहेको छ । नियम कानुनको खिल्ली उडेको छ ।
यी त भए सतही पिडाका कुरा भित्री पिडा त कती छ कती नेपालीहरुको । यात्राको क्रममा बाटोमा निमार्ण कार्य भइरहेको थियो हामी केही क्षण अल्झीयौ । बाटोमा नारायणी यातायात व्यवसायी संघका सदस्य ठाकुर सुवेदीले माननिय सभासद् प्रल्हाद लामिछानेलाई भन्नु भयो दाई टाटा सुमो साचालन व्यवसायीहरुको एउटा महासंघ बनेको छ काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको छ । जथाभावी बाटोमा कर उठाउने कामले पिडित भएका टाटासुमोको कुरा उठाउनको लागी र अन्य कामको लागी म हिजो काठमाडौं गएको थिए । त्यसको सचिव र सुमो साचालन समन्वय समितिको इन्चार्ज म छु दाइलाइ जानकारी भयो कि भएन हामीले मकवानपुरका नागरिक समाज जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि ट्राफिक प्रहरी यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुको सहभागितामा बढी भाडा लिने टाटासुमोलाई कारवाही गरेर यात्रुहरुको पैसा फिर्ता गरायौ । कर तिर्न लगायौ उहाले बढो गर्व साथ भन्नु भयो । अनी हाम्रा माननिय सभासद् प्रल्हाद लामिछाने मुसुक्क हासेर भन्नु भयो ठिक गर्नु भयो । यस्तै यस्तै ।।। म चकित परे र एक छिन गमेर मन मनै भने वाह । जनताका सभासद् ।




 स्मरणीय रहोस सभासद् लामिछाने मकवानपुर क्षेत्र नं ३ बाट बिजयी भएका आफुलाइ गौरवशाली पार्टी भन्न रुचाउने नेकपा माओवादीका सभासद् हुन् ।

16 November, 2010

त्रिवेणीधाममा मेला सम्पन्न ।

मकवानपुरको पदमपोखरी गाविस र हेटौँडा नगरपालिकाको सिमानामा रहेको कुख्रेनी, कर्रा र राप्ती खोलाको संगम स्थलमा कार्तिक २९ गते कुष्माण्ड सरोवर त्रिवॆणी धाम मेला धुमधाम साथ सम्पन्न भएको  छ । कुख्रेनी खोलामा १ सय ८ वटा धाराहरु निर्माण गरिएपछि पहिलो पटक कुष्माण्ड सरोवर त्रिवॆणी धाम मेला गरिएको हो ।

कुष्माण्ड सरोवर त्रिवॆणी धाममा हजारौँ तिर्थालुहरुको घुइँचो लागेको थियो । त्रिवेणी धाम मेला वरपर सिँगारिएर झकिझकाउ बनाइएको छ । धार्मिक रुपमा पवित्र मानिने १ सय ८ धारामा नुहाउनका लागि तिर्थालुहरुलाई पहिले मुस्ताङको मुक्तिनाथ पुग्न पर्ने थियो भने अब १ सय ८ वटा धारामा नुहाउने व्यवस्था हेटौँडामै भएको छ । कुष्माण्ड नवमी मेलाको अवसरमा लागेको मेलामा १ सय ८ धारामा नुहाउँदा पुण्य हुने विस्वास रहेको छ । पौराणिक मान्यता अनुसार रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौशवाही (कुख्रेनी) नदीको संगमस्थललाई स्कन्दपुराणमा नवदुर्गा मध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा कृडास्थलको रुपमा वर्णन गरेकोले यो क्षेत्रको धार्मिक महत्व रहेकॊ छ ।
रकम अभावको कारणले गर्दा हाललाइ प्लाष्टिकको धाराबाट सञ्चालन गरिने र निकट भविष्यमै गौमुखी धारा निर्माण गरिने त्रिवेणो धामका अध्यक्षा इश्वरी प्रसाद न्यौपानेले बताउनु भयो । आकर्षक गौमुखी धारा निर्माणको लागी १ धारा बराबर सरदर १ लाख लागत लाग्ने भएकाले ठुलो रकमको आवश्यक परेकाले समितिको तर्फबाट समस्त महानुभावहरुमा सहयोगको लागी आग्रह गरिएको छ ।

मेलासँग सम्बन्धित केही फोटाहरु । 


पुजाआजामा लिप्त भएका भक्तजनहरु


हामी पनि मेलामा ।। दंग पर्दै मेलामा खटिएका महिला सुरक्षाकर्मीहरु
 


नव निर्मित १०८ धारा
  

त्रिवेणीधाम सँग सम्बन्धित पुस्तक बिमोचन गर्दै  मकवानपुरका
 प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराइ


हर हर गंगे ।।। १०८ धारामा स्नान गर्दै भक्तजनहरु


04 November, 2010

लाग्ने भयो कुष्माण्डमा नवमी मेला

हेटौँडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा यसवर्ष कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । कुभिण्डोमाथि सुन तथा रत्न भेटी राखेर स्नानसहित तर्पण गर्दा पुन्य मिल्ने धार्मिक विस्वासका साथ यसपक हेटौँडामा कुष्माण्ड नवमी मेलाको तयारी भएको हो । नेपालको मुक्तिनाथपछि हेटौँडामा ११ फिट अग्लो भगवतीको प्रतिमामा जडित १ सय ८ वटा धारा निर्माण गरेर कुष्माण्ड नवमीदेखि स्नानका लागि सन्चालनमा आउने पनि समितिका अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले बताउनु भयो ।
पत्रकार सम्मेलनमा समितिको निर्णय सुनाउदै अध्यक्ष इश्वरी प्रसाद न्यौपाने

१ सय ८ वटा धारामा नुहाउन खासगरी भारतीय धार्मिक पर्यटकहरु नेपालको मुक्तिनाथ गइरहेका बेला अब हेटौँडामा यो व्यवस्था गरी धार्मिक पर्यटनको विकास गर्न सकिने सम्भावना पनि बढेको छ ।

 
कात्तिक २९ गते लाग्ने कुष्माण्ड नवमी मेलाका लागि हेटौँडामा विभिन्न समितिहरु बनेका छन् । समितिले कात्तिक २७ गते विष्णुपादुकाको प्राणप्रतिष्ठा निर्माण गर्ने कात्तिक २८ गते पूजा अर्चना गरेर कात्तिक २९ गते १ सय ८ वटा धाराबाट स्नान सभारम्भ गरिने समितिका सचिव वासुदेव खतिवडाले बताउनु भयो । यसका लागि विभिन्न समितिहरु बनेका छन् ।

कालो कात्रो र नागरिक सर्वोच्चता

१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...