04 November, 2010

लाग्ने भयो कुष्माण्डमा नवमी मेला

हेटौँडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा यसवर्ष कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । कुभिण्डोमाथि सुन तथा रत्न भेटी राखेर स्नानसहित तर्पण गर्दा पुन्य मिल्ने धार्मिक विस्वासका साथ यसपक हेटौँडामा कुष्माण्ड नवमी मेलाको तयारी भएको हो । नेपालको मुक्तिनाथपछि हेटौँडामा ११ फिट अग्लो भगवतीको प्रतिमामा जडित १ सय ८ वटा धारा निर्माण गरेर कुष्माण्ड नवमीदेखि स्नानका लागि सन्चालनमा आउने पनि समितिका अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले बताउनु भयो ।
पत्रकार सम्मेलनमा समितिको निर्णय सुनाउदै अध्यक्ष इश्वरी प्रसाद न्यौपाने

१ सय ८ वटा धारामा नुहाउन खासगरी भारतीय धार्मिक पर्यटकहरु नेपालको मुक्तिनाथ गइरहेका बेला अब हेटौँडामा यो व्यवस्था गरी धार्मिक पर्यटनको विकास गर्न सकिने सम्भावना पनि बढेको छ ।

 
कात्तिक २९ गते लाग्ने कुष्माण्ड नवमी मेलाका लागि हेटौँडामा विभिन्न समितिहरु बनेका छन् । समितिले कात्तिक २७ गते विष्णुपादुकाको प्राणप्रतिष्ठा निर्माण गर्ने कात्तिक २८ गते पूजा अर्चना गरेर कात्तिक २९ गते १ सय ८ वटा धाराबाट स्नान सभारम्भ गरिने समितिका सचिव वासुदेव खतिवडाले बताउनु भयो । यसका लागि विभिन्न समितिहरु बनेका छन् ।

No comments:

Post a Comment

सुझाव तथा टिप्पणी लेख्नुहोस

कालो कात्रो र नागरिक सर्वोच्चता

१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...