16 November, 2010

त्रिवेणीधाममा मेला सम्पन्न ।

मकवानपुरको पदमपोखरी गाविस र हेटौँडा नगरपालिकाको सिमानामा रहेको कुख्रेनी, कर्रा र राप्ती खोलाको संगम स्थलमा कार्तिक २९ गते कुष्माण्ड सरोवर त्रिवॆणी धाम मेला धुमधाम साथ सम्पन्न भएको  छ । कुख्रेनी खोलामा १ सय ८ वटा धाराहरु निर्माण गरिएपछि पहिलो पटक कुष्माण्ड सरोवर त्रिवॆणी धाम मेला गरिएको हो ।

कुष्माण्ड सरोवर त्रिवॆणी धाममा हजारौँ तिर्थालुहरुको घुइँचो लागेको थियो । त्रिवेणी धाम मेला वरपर सिँगारिएर झकिझकाउ बनाइएको छ । धार्मिक रुपमा पवित्र मानिने १ सय ८ धारामा नुहाउनका लागि तिर्थालुहरुलाई पहिले मुस्ताङको मुक्तिनाथ पुग्न पर्ने थियो भने अब १ सय ८ वटा धारामा नुहाउने व्यवस्था हेटौँडामै भएको छ । कुष्माण्ड नवमी मेलाको अवसरमा लागेको मेलामा १ सय ८ धारामा नुहाउँदा पुण्य हुने विस्वास रहेको छ । पौराणिक मान्यता अनुसार रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौशवाही (कुख्रेनी) नदीको संगमस्थललाई स्कन्दपुराणमा नवदुर्गा मध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा कृडास्थलको रुपमा वर्णन गरेकोले यो क्षेत्रको धार्मिक महत्व रहेकॊ छ ।
रकम अभावको कारणले गर्दा हाललाइ प्लाष्टिकको धाराबाट सञ्चालन गरिने र निकट भविष्यमै गौमुखी धारा निर्माण गरिने त्रिवेणो धामका अध्यक्षा इश्वरी प्रसाद न्यौपानेले बताउनु भयो । आकर्षक गौमुखी धारा निर्माणको लागी १ धारा बराबर सरदर १ लाख लागत लाग्ने भएकाले ठुलो रकमको आवश्यक परेकाले समितिको तर्फबाट समस्त महानुभावहरुमा सहयोगको लागी आग्रह गरिएको छ ।

मेलासँग सम्बन्धित केही फोटाहरु । 


पुजाआजामा लिप्त भएका भक्तजनहरु


हामी पनि मेलामा ।। दंग पर्दै मेलामा खटिएका महिला सुरक्षाकर्मीहरु
 


नव निर्मित १०८ धारा
  

त्रिवेणीधाम सँग सम्बन्धित पुस्तक बिमोचन गर्दै  मकवानपुरका
 प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराइ


हर हर गंगे ।।। १०८ धारामा स्नान गर्दै भक्तजनहरु


1 comment:

  1. Anonymous3/22/2015

    म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

सुझाव तथा टिप्पणी लेख्नुहोस

कालो कात्रो र नागरिक सर्वोच्चता

१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...