जवानीको काउकुतीले सम्हाल्हीन नसक्ने भएपछी क्षणभरमै बहकिन बेर नलाग्ने भरखर कलकलाउँदो उमेरका किशोरकिशोरीहरु कलेज जाने बहाना पार्दै केटाकेटी मिलेर डेटिङ जाने बिकृति अहिले काठमाडौं बाहीर पनि बढ्दो छ । हाम्रै हेटौंडाको शहिद स्मारक, पुष्पलाल पार्क, बनस्खण्डी मन्दिर जस्ता पर्यटकीय स्थानहरु अचेल प्रेमलिलामा रम्नेहरुको लागी अखडा बनेको छ ।
यस्तो बिकृतिलाई बेलैमा रोकथाम गर्न हेटौडा नगरपालिका वाड नं २ स्थित बनस्खण्डी मन्दिर ब्यवस्थापन समितिले एउटा सह्रायिन कार्यको थालनी गरेको छ । सो समितिले डिजिटल क्यामेरा किनेर कलेज आउने बहानामा मन्दिर परिसर वा वरपर आपत्तिजनक अवस्थामा डेटिङमा भेटिएका जोडीको तुरुन्त फोटो खिचेर आ-आफ़्ना अभिभावकलाई बुझाईदिने अभियान शुरु गरेको छ ।बिशेष गिर मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा स्कुल अफ म्यानेझमेन्टमा पढ्ने बिधार्थीहरु कलेज नगइ डेटिङमा जाने गरेका छन् । मकवानपुर कलेजबाट करिब २५० मिटरको दुरीमा रहेको उक्त स्थानमा कलेजबाट गएका बिधार्थीहरु यसरी रुमल्लिदा सम्म पनि मकवानपुर कलेज प्रशासन केही थाहा नपाएको जस्तो गरि अनबिज्ञता प्रकट गरिरहेको छ ।
वनस्खण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केन्द्रगोविन्द जोशीले पढ्ने समयमा विद्यार्थीहरू गलत बाटोतिर हिँडेकाले यस्तो गर्नुपरेको बताउनुभयो । धार्मिक स्थल र मन्दिर स्कुल तथा कलेजका युवायुवतीहरूको डेटिङ जाने थलो बनेपछि विकृति फैलन सक्ने सम्भावना बढेकाले यो अभियान थालिएको अध्यक्ष जोशीको भनाइ छ ।अभियान थालेपछि मन्दिरपरिसरमा डेटिङमा आउने विद्यार्थीहरूको संख्यामा कमी आएको उहाँको बुझाइ छ। देशलाई पर्यटकीय र धार्मिक स्थल बनाऔं भन्ने धारणा बनिरहेको समयमा यस्तो कार्य बढ्नु राम्रो नभएको उहाँ बताउनुहुन्छ । यस्तो कार्यले मन्दिरको बदनाम हुने र विद्यार्थीको भविष्य पनि अन्धकारमा धकेलिने हुँदा सजगता अपनाउन अभियान थालिएको तर्कसमेत उहाँको छ ।
Subscribe to:
Post Comments (Atom)
कालो कात्रो र नागरिक सर्वोच्चता
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
-
Rabindra Neupane बि कासन्मोख राष्ट्रहरुको करिब तिन चार सय बर्षको इतिहास पढ्ने हो भने अतीतमा शासकहरूले राष्ट्रको भौगोलिक सीमा विस...
-
पृष्ठभूमि देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र काल...
-
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
दामी आइडिया रहेछ
ReplyDelete