२०६६ मदौ १३ गते शनिबार
त्रिवेणी टोलबिकास संस्था हेटौंडा-९ चौधघरेको आयोजनामा गत शनिबार बृक्षारोपण कार्यक्रम गरिएको छ । हेटौंडा नगरपालिका कार्यालयका प्रशासकिय अधिकृत भिमप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको बृक्षारोपण कार्यक्रममा हेटौंडा सिमेन्ट उधोग लिमिटेडका नायव महाप्रबन्धक राजाराम अधिकारी, समाजसेवी एंव राजनीतिज्ञ इश्वरीप्रसाद न्यौपाने, मकवानपुर एग्रिगेट प्रा.लिका शिवहरी प्याकुरेलको, उपस्थिति रहेको थियो । हेटौंडा नगरपालिका कार्यालयको सहयोगमा करिब २ सय अशोकका बिरुवा सडकको दाँया बाँया रोपिएको थियो ।
यसै गरि टोलबिकास संस्थाकै आयोजनामा एक सम्मान तथा चियापान कार्यक्रम पनि आयोजना गरिएको थियो । गत फागुन महिनामा त्रिवेणी टोलबिकास संस्थाको पहल हेटौंडा नगपालिका, बिभिन्न संघ संस्थाहरुको सहयोग र स्थानिय जनश्रमदानबाट करिब २ सय ४० मिटर बाटो स्ल्याव ढलान गरिएको थियो । स्ल्याव ढलान निर्माण कार्यमा उल्लेख्य सहयोग पुर्याउनु हुने हेटौंडा सिमेण्ट उधोग लिमिटेड, जयगणेश क्रसर उधोग प्रा.लि, मकवानपुर एग्रिगेट इण्डष्ट्रिज प्रा.लि र निर्माण व्यवसायी राम बहादुर कार्कीलाई सम्मान स्वरुप कदरपत्र पनि प्रदान गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
कालो कात्रो र नागरिक सर्वोच्चता
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
-
Rabindra Neupane बि कासन्मोख राष्ट्रहरुको करिब तिन चार सय बर्षको इतिहास पढ्ने हो भने अतीतमा शासकहरूले राष्ट्रको भौगोलिक सीमा विस...
-
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
-
Ramkumar Elan संसारका विकासशील राष्ट्रहरूले सहस्राब्दी विकासलक्ष्य भनेर गरिबी निवारणका पक्षहरूलाई नै जोड दिएर प्रभाव पार्ने पक्षहरूमा ...
Ramro chha
ReplyDeleteस्थानिय खबरले पनि अब भने स्थान पाउने भयो ।
ReplyDelete